
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले केन्द्रीय कार्यालय नक्सालमा आयोना गरेको सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको थियो । सभाले यसका साथै कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती प्राप्त गरेपछि निष्कासन गर्ने जनाइएको छ ।
अहिले कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत तथा सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत रहेको छ । यसमा सभाले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।
७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैँया भएको छ । उक्त पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]