
पोखरा । पोखराबाट ठुलो रकमसहित १८ जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा चापापानीबाट ६ लाख २४ हजार रकमसहित जुवा खेल्ने र खेलाउने १८ जनालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख २४ हजार ९४६ रकमसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवाको खालबाट ८ बुक तास, ६४ थान कौडा, तीन लाख र १ लाख पचास हजारका छुट्टाछुट्टै चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र ४ हजार ७ सय भारतीय रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशको नवलपरासी पूर्वमा प्रहरी टोलीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासीको कावासोती नगरपालिका–१६ डण्डास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नगद २६ हजार ६ सय २५ नगद र तीन बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बस्ने मनबहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले नगद १ लाख ११ हजार ४४० रुपैयाँ र १३ बुक तास बरामद गरेको छ । पक्राउ परेका सबैजना उपर जुवासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत गरिरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न