Dark

सुनचाँदीको भाउ ४०० रुपैयाँले घट्यो

काठमाडौं । बैशाख १२ गते, साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसअघि साताको अन्तिम कारोबार दिन शुक्रबार सुन तोलामा ५०० रुपैयाँले घटेर ९१ हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँ पुगेको छ । गत गत शुक्रबार चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै