• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

भिम रावलको तर्फबाट १४ बुँदे मागसहित दायर रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नेकपा एमालेका निलम्बनमा परेका चार नेताले सर्वोच्चमा दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । 

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा उक्त रिट उपर आइतबार सुनुवाइ तोकिएको थियो ।

आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भिम रावलको तर्फबाट १४ बुँदे मागसहित  अन्तरिम आदेश माग गर्दै संयुक्त रिट दायर गरिएको थियो ।

आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशेधको भएकोले आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनी रिट निवेदनमा भनिएको छ ।

निर्वाचन आयोगमा कायम रहेको एमालेको अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने  नेताहरूले संयुक्त रुपमा दायर गरेको  रिट निवेदनमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै