
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्घको अविश्वासको प्रस्तावमा भोली छलफल हुने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्घको अविश्वासको प्रस्ताम सोमबार प्रदेश सभामा पेश हुने भएको हो ।
प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले उक्त प्रस्ताव पेश गरेर छलफल अघि बढाउने निर्णय भएको सभामुख नेत्रननाथ अधिकारीले जानकारी दिएका छन् ।
सोमबार अविश्वासको प्रस्ताव पेश गरेर छलफल अघि बढाउने र सांसदहरुलाई उक्त प्रस्तावका बारेमा बोल्न समय दिने अधिकारीले जानकारी दिएका छन् ।
उक्त प्रस्तावका बारेमा बोल्न चाहनेहरूलाई छलफलका लागि समय दिने निर्णय गरिएको छ । छलफल सकिएपछि मुख्यमन्त्री बोलेपछि प्रस्ताव निर्णयका लागि पेश हुने अधिकारीले बताएका छन् ।
गण्डकी सरकारविरुद्घ विपक्षी दलहरुले प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
उक्त प्रस्ताव आउने निश्चित भएपछि प्रदेश सरकारले बैशाख १ गते राती १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको हिउँदे अधिवेसन अन्त्य गरिदिएको थियो ।
अधिवेसन अन्त्य भएपछि विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाउन निवेदन दिएपछि त्यसै आधारमा प्रदेश प्रमुख शेरचनले बैशाख १३ गते विशेष अधिवेसन बोलाएका हुन् ।
विशेष अधिवेसनमा अविश्वासको प्रस्ताव उपर छलफल हुने र मतदानमार्फत् टुङ्गो लागेपछि विशेष अधिवेशन अन्त्य हुने सभामुख अधिकारीले जानकारी दिएका छन् ।
प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन् ।
विपक्षी दलले संयुक्त रुपमा पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।
जनमोर्चाले समर्थन फिर्ता लिनुअघि प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले राजिनामा दिएका हुन् । उ्रक्त अविश्वास प्रस्ताव दर्ता गर्नुअघि समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएको हो ।
६० सदस्यीय रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ जना सांसद छन् भने सरकारको पक्षमा २८ जना सांसद छन् ।
स्वतन्त्र सांसद दीपक मनाङे पनि एमाले सांसदको रुपमा एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै आएका छन् ।
गण्डकी प्रदेशसभामा कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]