
ललितपुर । ललितपुरको महालक्ष्मीथान नगरपालिका–१ स्थित ग्वार्कोबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत छन् ।महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको प्रहरी टोलीले रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।
उनले नक्कली नोट कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।रावत बिरुद्ध प्रहरीले जाली नोट सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार