काठमाडौं । आकस्मिकरूपमा बोलाइएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ ।
बिहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयभन्दा केही समय ढिला शुरू भएको हो ।
उक्त बैठकमा बालुवाटारमा शुरु भएको छ ।
बैठकले माधव नेपाललगायत केही नेतालाई तत्कालै सांसद पदबाट निलम्बन गर्नेबारे निर्णय लिने एमाले स्रोतले जनाएको छ ।
पार्टीलाई अपूरणीय क्षति पुर्याउन लागेको ठहर गर्दै नेपाललगायत केही नेतालाई तत्कालै सांसद पदबाट निलम्बन गर्नेबारे निर्णय लिन उक्त बैठक बसेको हो ।
स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गर्ने एमालेको तयारी छ । झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएपछि सांसद पदबाट निलम्बन गरी संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार