Dark

कांग्रेसकी नेतृ मोहम्मदी सिद्घिकीको कोरोना संक्रमणबाट मृत्यु

बाँके। नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य मोहम्मदी सिद्घिकीको कोरोना संक्रमणबाट निधन भएको छ ।

७२ वर्षीया सिद्धिकीको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डेढसाता देखि उपचाररत् अधिकारकर्मी समेत रहेकी सिद्दिकीको कोरोनाबाट थलिएर केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको अस्पताल प्रमुख डा. प्रकाश थापाले पुष्टि गरेका छन् ।

उनी फतिमा फाउन्डेसनकी अध्यक्ष समेत रहेकी थिइन् । बाँकेमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ७ जनाको मृत्युु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै