
नेपालले जारी त्रिदेशीय टी- २० सिरिज जितेको छ । नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १५.२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र कमल सिंह ऐरीले २र२ विकेट लिए । अभिनाश वोहराले १ विकेट लिए ।
ब्याटिङमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । भुर्तेलले ३ छक्का र ८ चौकाको सहयोगमा ५३ बलमा ७७ रन हान्न सफल भए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल मल्ल ५ छक्का २ चौका हान्दै २४ बलमा ५० रन जोड्दै अविजित रहे ।
नेपाली टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले १८ बलमा ४८ रन जोड्दै नटआउन रहे । उनले ३ छक्का ५ चौका हाने । यसबाहेक कप्तान ज्ञानेद्र मल्लले ३३ र आरिफ शेखले १६ रनको योगदान दिए ।
टस हारेर पहिला ब्याटिङको मौका पाएको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर नेपालकै इतिहासमै सर्वाधिक २३८ रन बनाएको थियो । नेपालले यसअघि भूटानसँगको खेलामा सर्वाधिक २३६ रन हानेको थियो । त्यो रेकर्डलाई नेपालले अहिले तोडेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]