
काठमाडौं । सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले वाग्मती प्रदेशको राजधानी हेटौँडाको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज तथा सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त क्युआर सेवा १० वटा तरकारी पसलमा सञ्चालन भएको छ । यसको विस्तार खोपेगल्ली हँुदै हेटौँडाको वडा नं १० स्थित सब्जीमण्डीसम्म गरिने जनाइएको छ ।
सनराइज बैंकको शाखा प्रबन्धक सुदर्शन खतिवडाले आफ्नो मोबाइल एपमार्फत डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आएको जानकारी दिए । क्युआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद धेरै सुरक्षित हुने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदा रहेको उनी बताउँछन् ।
उपभोक्ताले पनि कोरोना महामारी फैलिरहेको यस्तो अवस्थामा क्युआरसेवा धेरै प्रभावकारी भउको प्रतिक्रिया दिएका छन् । बजारमा डिजिटल प्रणाली अझै सक्रिय गर्न क्युआर सेवा एक शक्तिसाली पुर्वाधार हुन सक्ने कारणले सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ ।
मा खोपेगल्लीका दुवै सडक पहिलो चरणको कोरोना कहरमा सिल गरिएको थियो । उक्त अवस्था पुनः पैदा नगराउनको लागि डिजिटल बैंकिङ सेवाको सक्दो प्रयो गर्न सबैलाई अनुरोध गरिएको छ ।
उक्त डिजिटल प्रणाली नगदरहित कारोवार उत्कृष्ट एवम् भरपर्दो माध्यम बन्ने विषयमा बैंक विश्वस्त छ । बैंकले प्रणलीलाई बासिन्दामाझ विश्वसनीयता बढाउन र नगदरहित कारोवारलाई थप प्रोत्साहन गर्न डिजिटल कारोवारसम्बन्धी सचेतना कार्यक्रम पनि गरिरहेको खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न