.jpg)
काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब १९ करोड ८७ लाख भन्दा बढीको विगो दाबी गरी १३ फर्मका १६ संचालक विरुद्ध मुद्दा दायर गरेको जनाइएको छ ।
नक्कली तथा झुट्टा बिल प्रयोग गरेर राजस्व ठगी गरेको आरोप १६ संचालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । विभागले संचालकहरुले नक्कली बिल प्रयोग गरेर मुल्य अभिवृद्धि कर तर्फ ६४ करोड ५० लाख ९७ हजार ८७२ रुपैयाँ र आय कर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ४४२ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
अनिल कुमार गुप्ताअनिल गुप्ता, अभिमन महतो कोइरी, अकली हजरा दुसाद, मुअन महरा, रामचन्द्र माझी, भुलावन महरा चमार, प्रविण कुमार महतो, ओकिल देवान, सरोज श्रेष्ठ, संजय श्रेष्ठ, बाणेश्वर महतो, सरोज ढकाल, दिपक कुमार कायस्थ, रत्न गोपाल श्रेष्ठ र राधेश्याम प्रसाद साह तेली राजस्व छलीको आरोपमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न