
काठमाडौँ । आठ महिनापछि खुलेको नाइट क्लब र पबको व्यापारमा दोस्रो लहरको कोरोनाको कारण लाइभ म्युजिक पुनः बन्द भएको छ ।
दुई महिना यता क्लब र पबहरु भरिभराउ हुन थालिसकेका थिए । तर सरकारले संक्रमण बढेसँगै बैशाखभरका लागि सेवा सञ्चालनमा रोक लाएपछि नाइट क्लबहरुलाई धेरै नै प्रभावीत भएका छन् । रातको ८ बजेपछि सेवामा रोक लगाइएपछि रात्रि व्यवसायहरु ठप्प भएका छन् ।
ठूलो लागतसहित सञ्चालनमा रहेको व्यवसायहरु एकैपटक बन्द भएको अवस्था छ । दरबारमार्ग, ठमेल, झम्सिखेल लगायत प्रमुख व्यवसायिक क्षेत्रमा सञ्चालित लाइभ म्युजिकसहितका रेष्टुरेन्ट, क्लब तथा पबहरुको सञ्चालक यतिबेला निराश बनेका छन् ।
ठमेलको लर्ड अफ ड्रिंक्स एलओडी का सञ्चालक रविन श्रेष्ठका अनुसार ८ महिनापछि सञ्चालनमा आएको व्यवसायले ठप्प भएको घाटाको पूर्ती नगरे पनि हालको अवस्थामा सञ्चालनमा खर्च र कर्मचारीको तलब–भत्ता दिन केही सहज गराएको थियो । उनले हालकोे व्यवसाय धेरै निरिह भएको बताए । ‘अहिलेको विकल्प भनेको व्यवसाय छिट्टै खुला हुन्छ कि भन्ने आशा हो,’ श्रेष्ठ बताउँछन् ।
विदेशी पर्यटकको नेपाल आवागमन घटेसँगै हाल स्वदेशी ग्राहक मात्र भएको व्यवसायी बताउँछन् । तुलनात्मक रुपमा फाइदा अलि कम नै भए तापनि सञ्चालन खर्च उठीरहेको अवस्थामा पुनः व्यवसायमा बन्दको कारण चिन्ता पैदा भइरहेका छ ।
स्टेशन पबकी सञ्चालिका निरा जोशीले पबले दिउँसैदेखि सेवा सञ्चालनमा ल्याए पनि साँझ ६ बजेदखि राति १० बजेसम्म पाहुनाको चहलपहल बढी हुने गरेको बताइन् । बन्द हुनुअघि मागअनुसार कतिपय अवस्थामा पबले राति १२ः०० बजेसम्म सेवा दिँदै आएको थियो । ‘सरकारले बन्दाबन्दी गरिदिए नै हुन्थ्यो । अहिले नै बन्द गरिएकै सरह छ कर्मचारी कसरी पाल्ने यो अवस्थामा बरु लामै समयका लागि बन्द गर्ने कि भन्ने अवस्था आइसकेको छ ’, उनीले बताइन् ।
उनको स्वामित्वमा रहेको दरबारमार्गस्थित ‘भिक्ट्री लाउन्ज’ कोरोनाको कारण गत सालको लकडाउन देखि नै बन्द भई अझै खुलिसकेको थिएन । उनीका ‘भेल्ला थकाली किचेन’ बिक्री भइसकेको छ भने ‘चेकर्स पब’ पनि बन्द अवस्थामा छ । स्टेशन पब भने १ महिनाअघि सञ्चालनमा ल्याइएको थियो । पबमा दैनिक डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको उनी बताउँछिन् । जसको सफ्ट ओपनिङमात्र गरिएको थियो तर अब आमदानी नै ठप्प हुन गएको छ ।
ठमेल पर्यटन विकास बोर्डका महासचिव एवं भिआइपी लाउञ्जका सञ्चालक ध्रुव अधिकारीका अनुसार ठमेलमा सञ्चालित लाउन्ज र नाइट क्लब गरी १ सय २० वटा आउटलेट प्रभावित छन् । सरकारले व्यवसायीसँग समन्वय नगरी एकलौटी निर्णय गरेको उनी बताउँछन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै व्यवसाय चलाउन पाउनु पर्ने माग व्यवसायीहरुको रहेको छ । लाखौंको लगानी धरापमा पर्दा व्यवसायीलाईमात्रै गाह्रो हुने नभइ उक्त असर कर्मचारी, तिनका परिवार र बजारमा पनि पर्ने उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील