Dark

त्रिदेशीय टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । त्रिदेशीय टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा दिउसो १ः१५ मा सुरु हुने फाइनल खेलमा दर्शक भने हुने छैनन् ।

नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट लयमा रहेको छ । त्यसैले पनि नेपाल घरेलु मैदानमा हुने खेलमा सहज जित निकाल्दै उपाधि उचाल्न आतुर छ ।

 

यसअघि समूह चरणका खेलमा नेपाल र नेदरल्यान्ड्सले एक–एक म्याचमा जित हात पारेका थिए । अंक तालिकामा भने नेपाल शीर्ष स्थानमा थियो ।

यसअघि नेपाल र नेदरल्यान्ड्सले ८ वटा टि–२० म्याच खेलेका छन् । त्यसमा नेदरल्यान्ड्सले ४ र नेपालले तीन म्याचमा जित हासिल गरेको इतिहास छ । एउटा म्याच वर्षाका कारण अनिर्णित टुंगिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै