• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

कांग्रेसका नगर सभापति गुरुङको निधनपछि कोरोना संक्रमण पुष्टि

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङ फुङलिङ नगर सभापति शिवकुमार गुरुङको निधनपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारको क्रममा शुक्रबार बिहान ९ बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा उनको मृत्यु भएको  थियो । 

पीसीआर परीक्षणमा ढिलाइ हुँदा संक्रमितको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

गुरुङको शवलाई झापामै अन्त्येष्टि गर्न पारिवारसँग आग्रह गरिएको प्रशासनले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति सरोकारवालासँग समन्वय भइरहेको छ ।

 गुरुङका आफन्तले भने नेपाली सेनाको टोलीले नै शवलाई गृह जिल्ला ल्याएर सेनाकै मातहतमा अन्त्यष्टि गर्न लगाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै