
गोरखा । सुनका गरगहनासहित नगद चोरी गरी गोरखा नगरपालिका बजार क्षेत्रबाट फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरानचोक गाउँपालिका–१ घर भएका सुकबहादुर कुँवर गत बुधबार गोरखा नगरपालिका वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीकोकोठामा पसी दराज फोडेर नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका थिए।
नगद र गरगहना चोरी गरी फरार २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै खोजी कार्यमा लागेको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो ।
कुँवरको साथबाट प्रहरीले चोरी गरेको नगद रु ४७ हजार ३१० बरामद गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]