
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ ।
विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्यास आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुने आशंकामा खाली ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न संघले आग्रह गरेको छ ।
सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार संघलाई खाली सिलिन्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । सोहीअनुसार संघले उपभोक्तालाई खाली सिलिन्डर भर्न अपिल गरेको छ । भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार