• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

कांग्रेस जिल्ला कार्यसमिति बर्दियाका सबै पदाधिकारीको सामूहिक राजीनामा 

बर्दिया । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाका सबै पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् ।

पार्टी कार्यालयमा तालाबन्दी गरी आफूहरूलाई गुन्डा परिचालन गरेको र पार्टीमा अराजकता रहेसम्म काम गर्न नसकिने बताउँदै राजीनामा दिएको बताइएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा  पार्टीका केही अजारक तत्वहरुले नेताहरूमाथि हातपात गरी मान सम्मानमा गम्भीर आँच आउने कार्य गरेको हुँदा कार्यसमितिले राजीनामा दिएको जनाइएको छ ।

क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्व सचिव तेजबहादुर भाटलगायतका व्यक्तिहरूले अराजक जत्था ल्याई पार्टी कार्यालयको सचिवालय कक्षमा गई  नेताहरूलाई लछारपछार गरेको र बाहिर ल्याई पार्टी कार्यालयमा तालाबन्दी गरेको राजिनामा पत्रमा उल्लेख छ । यस्तो घृणित र अनुशासनहीन कार्य गर्ने लाई पार्टीले अनुशासनको कारबाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै