
सुनसरी । मोटरसाइकल चोरी गरेको आरोपमा धरानबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–८ बुद्धमार्गका रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका–८ तातोपानीका रवि राई रहेका छन ।
धरान उपमहानगरपालिका–१९ स्थित सडकमा पार्किङ गरी राखेको को१८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धरानबाट मोटरसाइकल चोरी गरी बिष्णुपादुका हँुदै धनकुटातर्फ लैजाँदै गरेको अवस्थामा बुधबार धरान उपमहानगरपालिका–२० स्थित सुन्तले भन्ने ठाउँमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई