• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

बालविवाह विरुद्घ र्‍याली 

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा  बालविवाह विरुद्घ र्‍याली सम्पन्न भएको छ।

बागमती संवाद केन्द्रको आयोजना तथा एबिसी नेपाल, स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र पाल्हिनन्दन  गाउँपालिकाको सहकार्यमा बालविवाह विरुद्घ र्‍याली कार्यक्रम सम्पन्न भएको हो ।

बागमती संवाद केन्द्रको सहयोग समितिको अध्यक्ष मिना गुप्ताको अध्यक्षतामा उक्त बालविवाह विरुद्घ र्‍याली सम्पन्न गरिएको थियोे । 

कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले बालविवाह गर्नु एक गैरकानुनी अपराध भए तापनि समुदायका मानिसहरु आफ्नो छोरा छोरीहरुको विवाह उमेर नपुग्दै गरिरहेकको बताइन् ।

‘सानौ उमेरमा विवाह गर्दा छोराछोरीको शारीरिक मानसिक तनाव बढ्नुका साथै उनीहरुबाट हुने बच्चालाई समेत असर पर्न सक्छ । साथै उनीहरुबाट हुने बच्चा कुपोसित हुनुका साथै सानो उमेरमा विवाह गर्दा गर्भ रहेको वा बच्चा हुने बेलामा आमाको ज्यान पनि जाने गरेको अवस्था पनि देखिएको छ,’ उनले भनिन्, ‘त्यस्तो समस्या समाधान गर्न र बालविवाह गर्ने प्रचलनलाई अन्त्य गर्न बालविवाह विरुद्घ जनचेतना फैलाउन आवश्क छ ।’ 

सो कार्यक्रममा एबिसिीनेपालका सुपरभाइजर राजमन बरई लगायत ५० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै