
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बोहोरा अदालतले कैद सजाएको फैसला गरेको छ ।
बिहिबार जिल्ला अदालत काठमाडौँका जिल्ला न्यायधीश रामचन्द्र पौडेलको इजलासले गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बोहोरालाई एक–एक वर्ष कैद जनही १०–१० हजार नगद जरिवानाको फैसला गरेको हो ।
दाहाल र बोहोरालाई गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई धम्काई जबरजस्ती चन्दा माग गरेको र भनेजति चन्दा नदिए मार्नेसम्मको धम्की दिने कार्यमा सहयोगीको भूमिका निभाएको अभियोग लगाउँदै खड्काले जाहेरी दर्ता गराएका थिए । अदालतले प्रारम्भिक सुनुवाइको क्रममा दुवैलाई जनही ६ लाख ५० हजार धरौटी लिएर तारेखमा छाडेको थियो ।
साथै उक्त मुद्दाको मुख्य अभियुक्त मिलन भन्ने लोप्साङ तामाङलाई अदालतले ६ वर्ष कैद र ६० हजार जरिवाना र अर्का अभियुक्त अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला पौडेलको इजलासले सुनाएको छ ।
अध्यक्ष खड्का, उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरा सबै नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न