
बुटवल। बुटवलस्थित कोरोना विशेष अस्पतालका आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन् । अस्पतालमा भएका १५ आइसियूमध्ये तीनवटा बिग्रिएका छन् ।
चालू अवस्थाका १३ वटा आइसियू र चार भेन्टिलेटर बिरामीले ‘प्याक’ भएका छन् ।
अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाका अनुसार पछिल्ला दिनमा जटिल अवस्थाका बिरामीको संख्या बढिरहेको छ ।
बुधबार पिसिआर टेस्ट गरिएकामध्ये ५० प्रतिशतको रिपोर्ट पजिटिभ आएको छ । जिल्लाभर बिहीबार मात्रै एक सय २५ जनामा संक्रमण देखिएको छ । विशेष अस्पतालमा ३६ वटा आइसोलेसन बेड छन् । १४ चिकित्सक र ७० नर्स उपचारमा खटिएका छन् ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकतामा राखेर उपचार भइरहेको बताए । ‘तर, बेड प्याक भएकाले अब गम्भीर खालका बिरामीसमेत भर्ना गर्न सक्ने अवस्था छैन ।आजको नयाँ पत्रिकामा समाचार छ ।
सबैलाई भर्ना गरेर उपचार गर्ने अवस्था नै छैन । अहिलेकै दरमा संक्रमित बढे एक सातापछि थप जटिलता आउने स्थिति छ,’ उनले भने । प्रादेशिक अस्पतालमा छुट्टै सञ्चालन गरिएको फिबर क्लिनिकमा सात आइसोलेसन बेड छन् ।
प्रदेशका अन्य अस्पतालको पनि यस्तै अवस्था छ । भैरहवास्थित भीम अस्पतालमा नयाँ संक्रमितलाई भर्ना गर्न बेड नभएको मेडिकल सुपरिटेन्डेट डा.शकुन्तला गुप्ताले बताइन् । सबै बेड भरिएकाले बिरामीलाई फर्काउनुपरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]