Dark

सगरमाथा आधार शिविर पुगेकी युवतीमा कोरोना, काठमाडौं ल्याएपछि पुष्टि

काठमाडौं । सगरमाथा आधार शिविरमा पुगेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । 
१९ वर्षीय ति युवतीमा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बिरामी भएर काठमाडौं उपचार गर्न लगिएकी ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको खबरप्राप्त भएको सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

उनले कुन हिमाल आरोहण गर्न गएको त्यो विषयमा जानकारी नभएको बताए। 

संक्रमित बिरामीलाई सुरुमा हाई अल्टिच्युटको समस्या देखिएको थियो।

उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनका अन्य साथी बेस क्याम्पमा क्वारेन्टाइनमा बनाइ बसिरहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै