• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

बीमा गरेको व्यक्तिको १ महिनामै मृत्यु भएपछि ४ करोड दाबी भुक्तानी गरियो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत ४ करोड सावधिक बीमा गरेका हरि पन्तको १ महिनामै मृत्यु भएपछि बिमा कम्पनीले मृतकको परिवारलाई बिमा बापतको ४ करोड रुपैँया रकम भुक्तानी गरेको छ । 
 

कञ्चनपुरका हरि पन्तले बिमा कम्पनीलाई बिमाको पहिलो किस्ता सात लाख रुपैयाँ प्रिमियम बुझाएका थिए । पन्तको बीमा २०७६ को असोज महिनामा गरिएको थियो र ठीक १ महिनापछि कात्तिकमा उनको मृत्यु भएको थियो ।  

बुधवार एक कार्यक्रमको आयोजना गरी बीमा बापतको चार करोडको रुपैँयाको चेक मृतककी श्रीमती पारुदेवि पन्तलाइ हस्तान्तरण गरिएको थियो । 

उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल, समितिको कार्यकारी निर्देशक राजुरमन पौडेल लगायतका उपस्थिती रहेको थियो । 

अध्यक्ष सिलवालले यस कदमले आम नागरिकमा भएको बीमा रकम भुक्तानी गर्दैन भन्ने अविश्वास तोडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै