• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

भारतमा बढ्दो कोरोना संक्रमण, नेपालले भण्डारणको लागि भारतबाट पेट्रोलियम पदार्थ भित्र्याउँदै

काठमाडौँ । भारतमा कोभिडको दोस्रो लहर बढेसँगै लकडाउनका क्षेत्रहरु बढाइँदै गएको छ । नेपाल आयल निगम सतर्क रहँदै आफ्ना सबै डिपोलाई पूर्ण क्षमता अनुसार भण्डारण गर्न निर्देशन दिरहेको छ ।

भारतमा कोरोना संक्रमणका कारण धेरै क्षेत्रहरुमा लकडाउन घोषण गरिएको छ । उक्त लकडाउनले अत्यावश्यक वस्तु आपूर्तीमा रोकतोक नगरेपनि भारतको कुनै प्लान्ट महामारीको कारण बन्द भई आपूर्तिमा समस्या आउन सक्ने भएकोले निगमद्वारा सो निर्देशन दिइएको छ ।
 

निगमका प्रवक्ता विनितमणि उपाध्यायले सबै डिपोलाई पूर्ण क्षमतामा पेट्रोलियम पदार्थ चलाउन र आवश्यक मात्रामा राख्न निर्देशन भएको जानकारी दिएका छन् । हाल भारतीय आयल निगमको कुनै प्लान्ट सट डाउन नभए पनि भोलि त्यस्तो हुन सक्ने भएकोले नेपालले पूर्व तयारी गर्नुपर्ने उनीको भनाइ छ ।

मार्च महिनामा २ लाख ३ हजार किलोलिटर डिजल र ७० हजार किलोलिटर पेट्रोल आएको छ । ४७ हजार टन ग्यास पनि आएको जनाइएको छ ।

निगमले ग्यास उद्योग सङ्घलाई पनि ग्यास बोटलिङ प्लान्ट फूल गर्न आग्रह गरेको छ ।

उपाध्यायका अनुसार ८० प्रतिशत पेट्रोल, डिजल र हवाई इन्धनको भण्डारण भएको जानकारी छ । गत सालको लकडाउनमा माग कम्ती भएको कारण यी वस्तुको वितरणको अभाव नभएको पनि बताएका थिए । हालको भण्डारणको तयारीले यसपाली पनि त्यस्तो अभाव नहुने आंकलन गरिएको छ ।

पाइपलाइन भएकोले डिजल आयातका लागि समस्या नहुने र आइओसीका अधिकारीले पनि पेट्रोल र हवाई इन्धनमा कुनै समस्या नहुने जानकारी गराएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै