
काठमाडौं । अधिकृत वारेसनामा किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्बजानिक गरेको छ ।
झापाको विर्तामोड नगरपालिका वार्ड नं १ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा उनीहरुले किर्ते गरी बिक्री गरेका हुन् ।
बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा उनीहरुले हडपेको प्रहरीको भनाइ छ ।
सो जग्गा किर्ते गरेर विक्री गर्ने मुख्य नाइके गौरीगञ्ज – १ कुञ्जीबारीका बलराम विश्वकर्मा (सुसिल) रहेको प्रहरीले जनाएको छ । यसअघि उनलाई प्रहरीले नक्कली राजश्वको स्टीकरसहित पक्राउ गरेको थियो ।
उनी विरुद्ध ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीसहित पक्राउ पर्नेमा
बाह्रदशी–३ घर भइ विर्तामोड –२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एवं नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाल, अर्जुनधारा –५ का ५३ वर्षीय लेखनाथ खनाल, विर्तामोड –४ का ४३ वर्षीय गोविन्द वान्तावा (मिलन), विर्तामोड १० घर भइ कोटीहोम बस्दै आएका ७१ वर्षीय देवीप्रसाद पाण्डे, विर्तामोड –४ कि ३३ वर्षीया रञ्जु राई र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मालाई पक्राउ गरेको छ ।
उक्त किर्ते काममा संलग्न रहेका ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
फरार हुनेहरुमा
गौराहद ७ का वडाध्यक्ष बलराम खरेल, भद्रपुरका मालपोत अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालिन नासु हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी –७ का बेगप्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग –११ का देवबहादुर विष्ट र भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार