
वीरगञ्ज । बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका ३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो । निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएको छ ।घटनापछि महिलाका श्रीमान फरार भएका छन् । उनले नै हत्या गरेर भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।
मादक पदार्थ सेवन गरेर आउँदा बाबु आमाबीच प्रायः झगडा भइरहने ती दम्पतीका छोराहरुले बताएका छन् ।बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको उनीहरुले प्रहरीसमक्ष बताएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ सहितको टोली घटना स्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको बताए ।‘श्रीमान श्रीमतीबीच लामो समयदेखि वादविवाद भइरहने रहेछ, घटनापछिसँगै रहेका श्रीमान् फरार छन्, उनको खोजी भइरहेको छ’ उनले भने ‘घटनास्थल शव जाँच मुचुल्का लगायत आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]