• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

सांसद समीतिको रारा क्षेत्रको अध्ययन भ्रमण, होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुर्याउन सरकारलाई आग्रह

काठमाडौं । पछिल्लो समयमा प्रतिनिधिसभा तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले रारा क्षेत्रमा गरेको अध्ययन भ्रमणपछि तयार गरेको प्रतिवेदनमा सरकारलाई पर्यटन प्रवद्र्धन गर्न होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुु¥याउन आग्रह गरेको छ ।

गत चैत १५ देखि १७ गतेसम्म सभापति पवित्रा निरौला र संसदीय टोलीले पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुंज तथा रारा ताल क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । टोलीले यसै क्रममा क्षेत्रका जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटन विकासका सम्भावना र चुनौतीबारे स्थानीय जनप्रतिनिधि, नागरिक समाज र उपलब्ध सरकारी निकायका पदाधिकारीसँग छलफल र अन्तरक्रिया गरेको जनाईएको छ ।
 

भ्रमण अध्ययनमा पहिचान गरिएको समस्या
रारा क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । तर, होटलका सीमित कोठा अपर्याप्त भएको तथा पर्यटकले प्रयोग गरेका खाद्य पदार्थका खोल, प्लाष्टिक, पानी र वियरका बोतल यत्रतत्र छरिएका अवस्थामा पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

होटलका कोठा अनि शौचालय अव्यवस्थित र दुर्गन्धित रहेको, बिजुुली बत्तीको अभाव रहेको तथा भान्छालगायत सुुत्ने कोठामा पनि सरसफाइको निकै कमजोर देखिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामा उल्लेख छ । बैठकमा सांसद सुरेन्द्र कार्कीले सफा रारा, हरियाली रारा नाममा पर्यटन प्रवद्र्धनका लागि अनेकौँ कार्यक्रम संचालन भएको र त्यसले उक्त क्षेत्रको आत्मनिर्भर अर्थतन्त्रलाई कमजोर बनाउन खोजेको र परनिर्भर तुल्याएको बताए ।

निकुंज क्षेत्रका कर्मचारीको व्यवहार स्थानीय नागरिकमैत्री नभएको जनाईएको छ । निकुंज घोषणा गर्ने क्रममा हटाइएका स्थानीयलाई राज्यले हालसम्म सम्बोधन गर्न सकेको छैन ।

समस्या समाधानका सुझावहरु

सांसद दिव्यराज राजभण्डारीका अनुसार रारालगायत समग्र कर्णालीलाई सम्पन्न तुुल्याउन सर्वप्रथम उक्त क्षेत्रको महत्वबारे सूसूचीत गर्न तालीम एवम् आयआर्जनका कार्यक्रम बनाउन आवश्यक छ ।

समिति सदस्य सुुजाता कोइरालाले कर्णालीको जैविक विविधता र वातावरण सन्तु्ुलित तुुल्याउने कार्यमा राज्यले विशेष ध्यान पुु¥याउनु पर्ने बताएकी छन् ।
सांसद मोहन बानियाँ, नारदमुुनी राना, पुुष्पा भुसाल, शेखचाँद तारालगायतले रारा र बर्दिया राष्ट्रिय निकुञ्ज त्यस क्षेत्रको मात्र नभई, मुलुक कै प्रमुख पर्यटन गन्तव्य र निधि भएको बताउँछन् । त्यसैले, राज्यले यसको विकासका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।

रारा क्षेत्रको बारेमा

मुुगुुको छाँयानाथ नगरपालिकास्थित रारा ताल समुुद्र सतहबाट २ हजार ९९० मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा ठूलो ताल हो । ५ किमी लम्बाई र ३ किमी चौडाइको रारा ताल १६७ मिटर गहिरो छ ।

यहाँ हिँउदोमा चराहरु बसाइ सरेर आउने गर्छन् । तालमा विश्वमा अन्त नपाइने कालो असला माछा पाइन्छ ।
यहाँ गोब्रेसल्ला, धुपी, भोजपत्र, लाली गुँरास, पाँचऔँले, ओखरजस्ता वनस्पति र डाँफे, मुनाल, चील, कालिज जस्ता चराका साथै कस्तुुरी मृग, हिमाली कालो भालु, घोरल, रातो पाण्डा, थार, बँदेलजस्ता स्तनधारी जन्तु पाइन्छ । वरपरको भूूभागलाई समेटेर सरकारले यस क्षेत्रलाई रारा राष्ट्रिय निकुंज घोषणा गरेको हो ।
अन्तमा

विश्वमा कोरोना सङ्क्रमण महामारीको जोखिम बढ्दै जाँदा हर्वलको माग अत्याधिक बढेको छ । यसै सन्दर्भमा नेपालमा जुडीबुटीका खानीका रुपमा रहको यस कर्णाली क्षेत्रबाट राज्यले लाभ लिन सक्ने प्रशस्तै सम्भावना रहेको जनाइएको छ । अध्ययन टोलीले रारा र बर्दिया राष्ट्रिय निकुंजबारे तयार गरेको प्रारम्भिक प्रतिवेदनमा सांसदले दिएका सुुझाव समेटेर आगामी बैठकमा प्रस्ताव पेश गर्न समितिले सचिवालयलाई निर्देशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै