
झापा । भद्रपुर नगरपालिकासहित हल्दिबारी, कचनकबल र बाह्रदशी गाउँपालिकाका सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड जडान गर्दै पठनपाठन थालिएको छ ।
संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले संसद क्षेत्र विकास कोषबाट रकम उपलब्ध गराएपछि चार वटा पालिकाका सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड राखेर पठनपाठन गराउन थालिएको हो । विद्यालयलाई प्रविधिमैत्री बनाई शिक्षाको गुणस्तरमाथि उठाउने उद्देश्यले सांसद क्षेत्र विकास कोष अन्तर्गत झापा क्षेत्र नं. ३का १२ वटा सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड तथा प्रोजेक्टर प्रदान गरिएको हो ।
बाह्रदशी गाउँपालिका- ७ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा एन्ड्रोइड बोर्ड तथा प्रोजेक्टर प्रयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लिङ्देनले सूचना प्रविधिमार्फत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफूले विद्यालयलाई एन्ड्रोइड बोर्ड उपलब्ध गराएको बताए ।
यसैबीच गौरीशंकर माविमा राखिएका पाँच वटा बोर्डको आइतवार सांसद लिङ्देनले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न प्रविधिले सहयोग पु¥याएको बताएका छन् । उनले विद्यालय नजाने विद्यार्थी पनि अहिले प्रविधिको माध्यमबाट पठनपाठन गराउन थालेपछि सामुदायिक विद्यालय आउने विद्यार्थीको संख्या बढेको बताए ।
‘हिजो विद्यार्थी खोज्न घर–घर जानुपथ्र्यो तर अहिले विद्यार्थी आफै विद्यालय आउन थालेका छन् । निजी विद्यालयको तुलनामा शैक्षिक गुणस्तर अझ राम्रो हुँदै गएपछि विद्यार्थी तथा अभिभावकको रुची सामुदायिकतर्फ तानिएको हो’ अध्यक्ष राजवंशीले भने ।
‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सवै सुविधा छन्’ अध्यक्ष राजवंशीले भने पढ्ने किताव किन्नु पर्दैन, कपी पेन्सिल पनि विद्यालयले नै दिन्छ, विद्यालय पोशाक विद्यालयले नै दिन्छ, अहिले त अझ खाजाको पनि व्यवस्था छ । तर, त्यही विद्यार्थी निजी विद्यालय गए पढाइ खर्चको कुरा त परैको हो आफ्नो बच्चा पु¥याउन, खाजा खान र लिन अभिभावक तीनपटक विद्यालय जानुपर्छ ।’
‘वर्षमा एकपटक पनि आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालय नआउने अभिभावकका नानीलाई हामीले शिक्षा दिनुपर्छ’– अध्यक्ष राजवंशीले भने – यस्तो बिजोककाबीच पनि अब सामुदायिक विद्यालयका विद्यार्थी सक्षम र पढाइमा तेजिला भएर निस्कँदैछन् । किनकी सवै विद्यालयमा अहिले मल्टिमिडियाद्वारा पठनपाठन हुन्छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी, गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटवाल, भद्रपुरस्थित गौतमबुद्ध प्राविका प्रधानाध्यापक जयन्ती मानी, व्यवस्थापन समितिको अध्यक्षको तर्फबाट लेखनाथ खनाल लगायतले बोलेका थिए ।
गौरीशंकर माविकी व्यवस्थापन समिति अध्यक्ष पिङ्की पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नेत्रप्रसाद पौडेलले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न