
काठमाडौं । रजिष्ट्रार बलराम निरौलाद्वारा ७ गते जारी सूचनामा प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालय इटहरीले नियमन क्षेत्रभित्र पर्ने सबै सहकारीलाई ‘सहकारी तथा गरिबी निवारण प्रणाली’ (कोपोमिस)मा एक साता भित्र सामेल हुने निर्देशन जारी गरेको छ ।
सहकारी विभाग र सेवा प्रदायक संस्थाबीच भएको सम्झौता बमोजिम तथ्यांक प्रविष्ट गर्न प्राविधिक टोली प्रदेश कार्यालय इटहरी पुगेको जनाइएको छ । जारी सूचनामा ७ दिनभित्र प्रदेश कार्यालयमा सम्पर्क राखी प्राविधिक टोलीसँग सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने जनकारी उल्लेख छ । टोलीले माग गरेको विवरण बारे बुझेर आवश्यक विवरण पेश गर्नुपर्ने कुरा निदेशनमा जारी छ ।
चालू आर्थिक वर्षमा प्रदेश १ र बाग्मती प्रदेशका सबै सहकारीको विवरण कोपोमिसमा राख्ने लक्ष्य विभागले लिएको जनाईएको छ । विभागको अनुसार आउने वर्षको अन्तसम्म अन्य ५ प्रदेशको तथ्यांक पनि राखिने योजना बनेको छ ।
कोपोमिस सुरु भएको आधा दशकभन्दा बढी भएपनि सहकारी सामेल हुन नसकेका अवस्था छ । प्रदेश र स्थानीय तहले आफ्ना नियमन क्षेत्रभित्र रहेको सहकारीलाई कोपोमिसमा सामेल हुन आह्वान गरे पनि सहकारीले कोपोमिसमा सूचना प्रविष्ट गर्न ढिलासुस्ती गरेका छन् ।
सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली सहकारी तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक, स्वचालित र आधुनिक सूचना तथा संचार प्रविधि (आइसिटि) मा आधारित ब्यवस्थापन सूचना प्रणाली हो । यसमा कापोमिस सफ्टवेयरमार्फत तथ्यांकहरुलाई अझ व्यवस्थित तथा गुणस्तिरीय ढंगले रेकर्ड गर्ने गरिन्छ । जसको उद्देश्य सर्वसाधारणको जीवनमा महत्वपर्ण भूमिका निर्वाह गर्ने सहकारीको पारदर्शी तथा व्यास्थित कार्य एवम् आवश्यक सुधार गर्न पहल र निगरानी गर्नु हो । कोपोमिसले सहकारीलाई आवश्यक पर्ने उपकरणहरु पनि प्रदान गराउने पहल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न