Dark

बाँके जिल्लामा एक साताका लागि लकडाउन हुने

बाँक । कोरोना भाइरस संक्रमण बढेपछि बाँके जिल्लामा पनि एक साताका लागि लकडाउन हुने भएको छ।  

जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति बैठकले संक्रमण नियन्त्रण गर्न यही बैशाख ९ गते देखि एक साताका लागि बन्द गर्न लागिएका हो । कोरोना 

संक्रमण बढ्न थालेपछि जिल्लाभर एक साताका लागि लकडाउन गर्न लागिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन् । 

भारतमा संक्रमण बढ्दै गएपछि सीमा जोडिएका कारण उक्त क्षेत्रबाट भित्रिनेको संख्या अत्यधिक भएको र कोरोनाका संक्रमित थपिँदै गएकोले यसलाई अनियन्त्रित हुन नदिन लकडाउन गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै