• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

कुशलले डेब्यू टी- २० सिरिजमै लगातार तीन अर्धशतकको कीर्तिमान बनाए पनि नेदरल्याण्डले नेपाललाई हरायो

काठमाडौँमा जारी त्रिकोणात्मक टी- २० सिरिजमा नेपाललाई नेदरल्याण्डले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले २ सय ७ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अपेक्षाकृत सम्हालिएर खेल्यो र ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । 

आज त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले हराएको हो ।

नेदरल्यान्ड्सका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए । बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।

कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाए । जारी सिरिजमा उनको यो लगातार तेस्रो अर्धतकीय पारी हो । योसँगै कुशलले डेब्यू टी- २० सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमान पनि बनाएका छन् ।

त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिए । टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरे । उनले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाएका थिए ।

बलिङमा नेदरल्याण्डका भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै