
काठमाडौँ । गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘घुरघुर’ बोलको गीतमा चौलागाईंको स्वर तथा संगीत रहेको छ । शब्द कौशिला खनाल कर्माचार्यको रहेको छ ।
गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथा भन्छ ।
=‘जिविकोपार्जनका लागि आम नेपाली युवकले गरिरहेको संघर्षको कथा गीत र भिडियोमार्फत हामीले देखाउन खोजेका छौँ,” गायक चौलागाईंले भने, ‘अडियोसँगै भिडियो निर्माणमा पनि हामीले निकै मिहिनेत गरेका छौँ । मैले अभिनयमा पनि सक्दो मिहिनेत गरेर कथालाई न्याय दिने प्रयास गरेको छु ।’
परिवारको आर्थिक उन्नययनको सपना बोकेर वैदेशिक रोजगारीका लागि घरपरिवार छोडेर हिँडेका नेपाली युवा कसरी आफ्नो सपनासँगै शरीरसमेत गुमाउन वाद्य छन् गीतमार्फत देखाउने प्रयास गरिएको छ ।
भिडियोमा वर्षा राउत र गायक चौलागाईं स्वयंको अभिनय रहेको छ । धिरजजङ शाहले खिचेको भिडियो सम्पादन विकास धमलाले गरेका छन् । भिडियो निकेश खड्काको निर्देशनमा तयार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]