Dark

कारागारभित्रै  कार्यालय सहयोगीको मृत्यु

गुल्मी । जिल्ला कारागार कार्यालय गुल्मीका कार्यालय सहयोगी कार्यालयभित्रै मृत फेला परेका छन् । 

रेसुंगा नगरपालिका–१० सिमीचौरका ४४ वर्षीय गोविन्दप्रसाद पाण्डेले मंगलबार बिहान करिब ८ बजेतिर कार्यालयकै एक क्याबिनमा डोरीको पासोमा झुण्डिएको अवस्था मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । 

शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेको भनाइ छ । 

यसघि पनि पाण्डेले अत्याधिक मदिरा सेवन गर्ने पटक–पटक बिष सेवन गरी आत्महत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै