
काठमाडौं । काभ्रेपलांचोक जिल्लाको पुराना तीन नगरपालिका बनेपा,धुलिखेल र पनौती समेटिएको‘काभ्रे भ्याली’स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट विनियोजन भएको छ।
काभ्रेपलांचोकसहित १२ स्थानमा स्मार्ट सिटी बनाउने निर्णय गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
बैठकले स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
काभ्रे उपत्यकासहित झापाको गौरीगंज, रौतहटको चन्द्रपुर र मौलापुर, भक्तपुरको गुण्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रुपन्देहीको लुम्बिनी, धनकुटा, दाङको तुलसीपुर, दैलेखको दुल्लू, कञ्चनपुरको भीमदत्त र डडेल्धुराको अमरगढीलाई स्मार्ट सिटी बनाउन लागिएको हो।
यसअघि २०७४ असारमा गरिएको निर्णयमा विशेष महत्वका साथ स्मार्ट सिटी बनाउने भनी छुट्याएका केही शहरलाई भने यसपटकको निर्णयमा हटाइएको छ।
प्रत्येक स्मार्ट सिटी विकासका लागि रु एक अर्ब बजेट विनियोजन भएको शहरी विकास मन्त्रालयले जनाएको छ।
‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि हालै एक अर्ब बजेट विनियोजन भएकाले वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन भइसकेको पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए।
उनले भने‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ,जहाँ स्थानीयवासीले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ’।
बजेट सुनिश्चिततासहित सरकारले हालै काभ्रे उपत्यका स्मार्ट सिटीका लागि थप बजेट विनियोजन गरेको छ।
अघिल्लो आ।व काभ्रे स्मार्ट सिटी योजनाका लािग सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको थियो।
शहरी विकास मन्त्रालय अन्तर्गत‘काभ्रे भ्याली’स्मार्ट सिटीमा पर्ने तीन नगरपालिका(बनेपा, धुलिखेल र पनौती)मा स्मार्ट सिटी योजना हाल कार्यान्वयनको चरणमा छ।
सो मध्ये रु दुई करोड बनेपा नगरलाई,रु एक करोड ५० धुलिखेल नगरलाई र रु एक करोड ५० लाख पनौती नगरलाई बजेट विनियोजन भएको थियो।
बनेपा नगरपालिकाले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुङ्गेधारा र मन्दिरको पुनःनिर्माण तथा मर्मतसम्भार शुरु गरेको थियो।
धुलिखेल नगरपालिकाले ठूलीवनमा चार दशमलव पाँच किलोमिटर अपाङ्गमैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउन्टेन स्पोर्टस् ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसंभारको काम गर्ने योजना बनाएको थियो।
पनौती नगरपालिकाले त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गर्दै पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गर्ने निर्णय गरेको छ।
स्मार्ट सिटी योजनाअुसार काभ्रेपलाञ्चोकको तीन नगरपालिकाले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका छन ।
अव्यवस्थित बसोबास,अव्यवस्थित यातायात सेवा,खानेपानीको अभाव,बिद्युत लोडसेडिङ,उर्जा संकट,खाद्य पदार्थको वितरणमा एकाधिकार बजार तथा कार्टेलिङ,अखाद्य वस्तुको सहज वितरण प्रणाली, अव्यवस्थित शिक्षा सेवा र अव्यवस्थित स्वास्थ्य सेवा हालका शहरी क्षेत्रका मुख्य समस्या भएको बताइन्छ।
सुरक्षित खाना,सफा पानी,सूलभ यातायात सेवा,पर्याप्त पार्किङ क्षेत्र र पर्याप्त ऊर्जा भएका स्मार्ट शहर सरकारले बनाउन लागेको हो।
राष्ट्रिय योजना आयोगले भने स्मार्ट सिटी योजनामा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ।
नयाँ शहरको अवधारणामा आधारित स्मार्ट सिटीमा इ–गभर्नेन्स् महत्वपूर्ण आधार हुनेछ ।स्मार्ट प्रविधि र स्मार्ट व्यवस्थापननै इ–गभर्नेन्स् हो जसले सुशासन र सामाजिक सुरक्षाको प्रत्याभूति गर्छ ।
सुशासन,सामाजिक सुरक्षा,स्मार्ट व्यवस्थापन,स्मार्ट प्रविधिबाट आकस्मिक सेवाको उपलब्धता हुने‘स्मार्ट सिटी’विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो ।
शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य सेवाको उपलब्धता चाहिन्छ।
स्मार्ट सिटीमा एकै भवनबाट सम्पूर्ण निजामती लगायत सम्पूर्ण सरकारी सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ ।सूचना प्रणालीमा जनताको पहुँच स्मार्ट सिटी हुन अनिवार्य सर्त हो।तर भौगोलिक अवस्था,जनताको जीवनस्तर,त्यहाँको अर्थतन्त्र र सम्भावना भने स्मार्ट सिटी अनुसार फरक–फरक हुनसक्नेछ।
सन् २०५० सम्ममा विश्वका ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्ने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न