
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा) ‘यू’ टर्न गर्दै पोखरेल नेतृत्वको सरकारमा सामेल हुने निर्णय गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्घ अविश्वास प्रस्ताव दर्ता गरेको दुई घण्टा नबित्दै जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू पोखरेल नेतृत्वको सरकारमा सहभागी हुने भएका हुन् ।
जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्न लागेको स्रोतले बतायो । तीमध्ये केहीलाई आजै सपथको तयारी गरिएको पनि स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।
अविश्वासको प्रस्तावपछि सोमबार नै माओवादीका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]