• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

यी क्षेत्रमा बन्द हुँदैछन् विद्यालयः हेर्नुहोस् वैशाख मसान्तसम्म अरू कुन-कुन क्षेत्र बन्द हुने भए ? (सूचीसहित)

काठमाडौं । सरकारले जनस्वास्थ्यका मापदण्ड लागू गराउन पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको हो । 

यी क्षेत्रमा बन्द हुँदैछन् विद्यालय

– काठमाडौं           – ललितपुर             – भक्तपुर           
– बनेपा                 –धुलिखेल               – भरतपुर 
–काँकडभिट्टा         – बिर्तामोड             – दमक 
–बिराटनगर            – इटहरी                – धरान 
–बीरगंज                – जनकपुर             – राजविराज 
–हेटौंडा                  – भैरहवा               – पोखरा 
–बुटवल                  – घोराही                – तुलसीपुुर
–नेपालगंज              – धनगढी                – भीमदत्त

यी क्षेत्रका नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

पछिल्लो समय कोरोनाको नयाँ किसिमको संक्रमण भेटिएको छ । यो संक्रमण विद्यालय जाने उमेर समूहमा बढी देखिएकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताएका छन् । 

तर उक्त बैठकले एसईई परीक्षाबारे भने कुनै निर्णय गरेको छैन ।

जिल्लास्थित डीसीसीएमसीहरुले सिफारिस गरे अनुसार शिक्षण संस्थाहरु बन्द गरिने तर विद्यार्थीको भविष्य अन्यौल हुन नदिन वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षाहरु भने नरोकिने मन्त्री श्रेष्ठको  भनाइ छ । 

सरकारले संक्रमण कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी नियन्त्रणको आदेश २०७८ समेत पारित गरेको छ ।

भीडभाड हुने क्षेत्र र राजनीतिक दलका सभा समारोहमा रोक

सरकारले  वैशाख महिनाभर मानिसकहरुको अत्यधिक भीडभाड हुने क्षेत्र र राजनीतिक दलका सभा समारोहमा समेत रोक लगाउने निर्णय गरेको छ ।

बन्द हुने क्षेत्रका बारेमा विस्तृत २७ बुँदे जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले आजै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताइएको छ । 

यस्तै सरकारले सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रममा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र जोखिम कायमै हुने हुँदा २०७८ बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् । 

साथै, मठमन्दिर, मस्जिद गुम्बामा नित्यपूजा मात्र गराउने निर्णय पनि भएको छ । आजबाट यि लगायतका निर्णय लागू गरिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
83 %
Laugh
0 %
Sad
0 %
Angry
17 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै