• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

चन्द्रागिरी हिल्स १८ करोड नोक्सानमा

 

काठमाडौँ । चन्द्रागिरी हिल्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको प्रतिवेदन सार्वजनिक भएसँगै कम्पनी १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा भएको पनि खुलेको छ ।
 

कम्पनी अघिल्लो वर्षको यसै अवधिमा २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो । हालसम्मको १ साल अवधिमा नोक्सान १५ करोड ९३ लाख रुपैयाँले बढेको छ । कोरोना कहरले अर्थ तथा व्यापारमा पारेको प्रभावको कारण यस्तो भएको कम्पनीको दावी छ ।


कम्पनीको संचालन आम्दानी र अन्य आम्दानी घटेको कारण चैत मसान्तसम्मको अवधिमा नाफा प्रभावित भएको हो । कम्पनी उक्त समयमा २ करोड ८१ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा १४ करोड २१ लाख ११ हजार रुपैयाँ संचालन नाफा भएको थियो ।
गत वर्ष अन्य स्रोतबाट हुने १ करोड ४८ लाख ७० हजार रुपैयाँ आम्दानी यस वर्ष २१ लाख ३३ हजार रुपैयाँमा सीमित छ । चैत मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जगेडा कोष भने ३२ करोड ८ लाख ३८ हजार रुपैयाँ ऋणात्मक छ ।


कम्पनीद्धारा संचालित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा केबलकारमा औसत दैनिक १४ सय जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४०५ रहेको जनाइएको छ । उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ । र, प्रतिसेयर नेटवर्थ ७९ पैसा ०९ रुपैयाँ रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै