
काठमाडौं । अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेका थिए । ‘उनीहरु हराएका होइनन्, बेस क्याम्पमा ढिला आइपुगेका हुन्,’ उनले भनिन् ।’
यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक भएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि यो वर्ष कुल ४ समूहका ४४ जनाले अनुमति लिएका थिए । यी सबै विदेशी नागरिक हुन् ।
उनीहरुको साथमा पुगेका हाइअल्टिच्युड वर्कर तथा गाइडहरु समेत गरी दर्जनौं आरोही अन्नपूर्ण चुचुरो पुगेका छन् । यद्यपि यसको यकिन तथ्यांक नआइसकेको आचार्यले जानकारी गराइन् । उनका अनुसार प्रारम्भिक तथ्यांक अनुसार अनुमति लिएकामध्ये २९ जना आरोही चुचुरो पुगेको खबर छ । यसबारे त्यहाँ खटिएका सम्पर्क अधिकृतले प्रमाणित गरेपछि मात्र संख्या यकिन हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]