Dark

अन्नपूर्ण हिमाल आरोहण गर्ने तीनजना रूसी नागरिक वेपत्ता

काठमाडौं। अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।

आइतबार साँझ आरोहण गरेर फर्किने क्रममा उनीहरु बेपत्ता भएको  सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिए। 

उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ। कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएको गुरागाईंले जानकारी दिए

बेपत्ता रूसी नागरिकको नाम भने उनले बताएनन्‌।

विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै