Dark

गाँजा ओसार–पसारमा बालबालिकाको प्रयोग बढ्दै

बारा । गाँजा तस्करले बालबालिकाको प्रयोग गरेर गाँजा ओसार–पसार गर्ने गरेको थाहा हुन आएको छ ।

प्रहरीले बाराको जितपुर सिमरा उप महानगरपालिका–३ घर भएका १४ वर्षीय बालकलाई २ केजी गाँजा सहित पर्साको वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो । 
 

कम्मरमा गाँजा बोकेर वीरगञ्जबाट भारतको रक्सौलतर्फ जाँदै गरेका बालकलाई  ईनर्वाबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान पक्राउ  पर्साका प्रहरी एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन ।

पाण्डेका अनुसार पक्राउ परेका बालकलाई ६ महिना सुधार गृहमा राखी लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै