
काठमाडौं। काठमाडौं महानगरपलिका स्थित –१० बुलबुले मार्गमा देवरले फलामको गल प्रयोग आफ्नै भाउजुको हत्या गरेका छन्।
बानेश्वर मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको फलामको गलले हिर्काएर हत्या गरेका हुन्। भाउजूको हत्या गरी ४८ वर्षीय मोहनराज महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेका एसएसपी अशोक सिंहले बताएका छन्।
साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हिर्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका मोहन भाउजूको हत्या गरी ‘आत्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
देवरले हिर्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृत घोषणा गरेका छन् । हत्या आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको रड बरामद गरेको छ ।
भाउजूले एक्कासि गाली गरेपछि लात्ती, मुड्की र गलले हिर्काएर हत्या गरेको आरोपीले साविती बयान दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार