
काठमाडौं। उच्च जोखिम मानिने विश्वको दशौं अग्लो अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् ।
सन् १९७८ देखि आरोहण शुरु भएको अन्नपूर्ण हिमालमा हालसम्म नेपाली महिलाले आरोहण गर्न सकेका थिएनन्।
शुक्रबार मध्यान्न छ नेपाली महिलासहित ६८ जना आरोहीले एकै साथ हिमाल आरोहण गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले जानकारी दिए । अन्य आरोहणमा पनि नयाँ कीर्तिमान हुन सक्छ तर विभागले कीर्तिमान बनाउने गरी कसैलाई अनुमति नदिएको तर नेपाली महिला भने पहिलो आरोही भएको उनको भनाई छ।
कीर्तिमानी महिला आरोहीमा माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पा रहेका छन् । उनीहरु नेपालका व्यावसायिक महिला आरोही रहेका छन् ।
आरोही माया विश्वकै अग्लो हिमाल सगरमाथा, दोस्रो अग्लो हिमाल केटु र तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन् । आरोही स्याङतेनले भने सगरमाथा र मनास्लु हिमालको आरोहण गरिसकेकी छन् ।
यता, दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुमले समेत अन्नपूर्ण आरोहण गरेका छन्। अर्का आरोही फोटोपत्रकार पूर्णिमा, सगरमाथामा पुगेर कफी बनाएर कीर्तिमान रचेका पहिलो बारिस्टा दावाफुटी र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामुले अन्नपूर्ण हिमाल आरोहण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न