
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।
पुनर्गठित मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् ।
शुक्रबार संसदबाट विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
बुढा यसअघि उद्योग मन्त्री रहे पनि उनले राजीनामा दिएका थिए ।
रिक्त रहेको सामाजिक विकास मन्त्रालय यसअघि कृषि मन्त्री रहेकी विमला केसी र अर्थ मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जिम्मेवारीमा छ ।
तीनै जनाले मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन शुक्रबारको प्रदेश सभा वैठकमा ‘फ्लोर क्रस’ गरेका थिए ।
फ्लोर क्रस गरेको अर्का सांसद प्रकाश ज्वालालाई भने पार्टीले कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ ।
उनले यसअघि चैत २४ गते आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले यो मन्त्रीमण्डल पुनर्गठनको पहिलो चरण रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील