
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संगीत र छोरी स्वीकृति शर्माको स्वरमा सजिएको गीत सार्वजनिक भएको छ । प्रवक्ता शर्मा गीत संगीत र साहित्य सिर्जनमा पनि सक्रिय छन् ।
‘मिसले सोध्नु भोः कक्षामा हामीलाई के देख्या छौ भगवान्’ बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ ।
गीत सार्वजनिक गर्दै प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाबाले बनाएको धुन, छोरीले गाएको गीत । नयाँ वर्षमा सांगीतिक कोसेली यहाँहरुका लागि ।’ नवल नेपालले निर्देशन गरेको भिडियोमा वाल कलाकारहरुको आकर्षक अभिनय देख्न पाइन्छ ।
स्वीकृतिकै शब्द, मनोहर सुनामको एरेन्ज र मदन कास्यम घिमिरेको छायांकनमा तयार भएको भिडियोमा स्वीकृतिसँगै गोपाल घिमिरे, गिता रिजाल जोशी, शारदा अधिकारी, अन्विक्षा कटुवाललगायतको अभिनय रहेको छ ।
(भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]