
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइलाई ‘अस्वाभाविक’ भनेका छन्। प्रधानमन्त्री ओलीले यस्तो ढिलासुस्ती नसहने चेतावनी दिएका छन्।
‘तीन वर्षदेखि मैले एउटै कुरा सुन्दै आएको छु– एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्न‘ छ। १ वर्षअगाडि त्यही सुनेँ, ६ महिनाअगाडि पनि त्यही सुनेँ, ३ महिनाअगाडि, १ महिनाअगाडि पनि त्यही सुनेँ।
केही दिनअगाडि पनि त्यही सुनेँ, अघिल्लो दिन पनि त्यही सुनेँ’, प्रधानमन्त्री ओलीले बिहीबार नापी विभागले आयोजना गरेको कार्यक्रममा भने, ‘यो ढिलाइले दैनिक प्रत्यक्ष पाँच करोड र परोक्ष १३ करोडको नोक्सानी भइरहेको छ। यो ढिलासुस्ती अस्वाभाविक र असाधारण हो।’
प्रधानमन्त्री ओलीले आयोजनाको कामलाई सरकारले चासोसाथ हेरिरहेको स्पष्ट पारे। मेलम्ची खानेपानी आयोजनामा यस्तै ढिलाइ गर्न खोजेको तर ताकेता गरेर काम सम्पन्न भएको ओलीले सुनाए। ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी आउने थिएन। आजको अन्नपुर्णमा समाचार छ ।
हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं’, ओलीले भने, ‘माथिल्लो तामाकोसीको काममा पनि यसरी नै ढिलासुस्ती भइराखेको छ। ढिलासुस्ती र बिलम्बप्रति अनदेखा गरेर बस्न सकिँदैन। बिलम्ब स्वीकार्य हुनै सक्दैन।’
ओलीले विलम्ब र ढिलाइ गर्नेले क्षतिको जिम्मा लिनुपर्ने बताए। ‘ढिलासुस्ती गर्छ कसैले भने त्यसबाट हुने क्षतिको पनि जिम्मा लिनुपर्छ। चाहे देशभित्रको प्रश्न होस् चाहे देशभित्रको ठेक्का कम्पनीको प्रश्न होस्’, उनले भने, ‘तर, विलम्ब स्वीकार्य हुन सक्दैन। हामी तीव्र रफ्तारमा देशको विकास गर्न चाहन्छौं।’
४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी निर्माणको काममा सुस्तता देखिएको छ। यो आयोजना निर्माण २०६५ सालमा सुरु भएको थियो। १३ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन। भूकम्प र कोभिड महामारीका नाममा निर्माण प्रभावित भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]