
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड सेयर बजारमा सबैभन्दा धेरै मूल्य भएको कम्पनी भनेर चिनिन्छ । यो समाचार तयार गर्दासम्म नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको प्रतिकित्ता सेयरमूल्य १९ हजार १ सय ५० रुपैँया रहेको छ।
सुरूदेखि नै कम्पनीले आफ्ना लगानीकर्तालाई आकर्षक नगद लाभांश दिँदै आइरहेको छ । कम्पनीले लगानीकर्ताहरूलाई १० आर्थिक वर्षसम्ममा आफ्ना ७ हजार ७ सय ४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
जसमध्ये, कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। जुन सबैभन्दा धेरै लाभांस वितरण थियो। त्यसैगरी, आर्थिक वर्ष २०७६÷७७ मा जहाँ एक सय प्रतिशत नगद लाभांश वितरण गरी सबैभन्दा थोरै लाभांश वितरण गरेको थियो।
कम्पनीले सँधै नगद लाभांश मात्र वितरण गर्छ। हालसम्म कम्पनीले बोनस सेयर भने वितरण गरेको छैन ।
अलिलेसम्म कम्पनीले नगद लाभांशको रूपमा लगानीकर्ताहरूलाई ७७ हजार ४ सय रूपैयाँ वितरण गरिसकेको छ । कम्पनीको सेयरमा हजार रूपैयाँ लगानी गर्नेहरुको सेयरमूल्य बढेर २ लाख भन्दा बढी भएको छ ।
युनिलिभर नेपाल लिमिटेडको १० वर्षको नगद लाभांश इतिहास
यस्तो रहेको छ ः
१० आर्थिक वर्ष २०६७÷६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
२०आर्थिक वर्ष २०६८÷६९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
३०आर्थिक वर्ष २०६९÷७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
४०आर्थिक वर्ष २०७०÷७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
५०आर्थिक वर्ष २०७१÷७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ९९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
६०आर्थिक वर्ष २०७२÷७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
७०आर्थिक वर्ष २०७३÷७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
८०आर्थिक वर्ष २०७४÷७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
९०आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
१००आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]