
काठमाडौँ । मंगलबार नाइजरको राजधानी नियामेमा एक विद्यालयमा भीषण आगलागी भएपछि झण्डै २० जना विद्यार्थीको मृत्यु भएको छ।
विद्यालयका कक्षाकोठाहरु परालले छाएका थिए। जहाँ २१ वटा कक्षाकोठामा क्षति पुगेको जानकारी अग्नि नियन्त्रकहरूले दिएका छन्। ज्यान गुमाएका बालबालिकाहरु तिनै कक्षामा उपस्थित थिए।
अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरूले आगो तत्कालै नियन्त्रणमा लिन सफल भएको बताए ।
आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरू भाग्न पनि सकेनन्’, उनले भने । आगलागी शुरु हुँदा बालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् ।
यद्यपी, आगलागीको खास कारण भने थाहा हुन सकेको छैन। मुलुप्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका छन्।
नाइजर विश्व मानव विकास सूचकांकमा सबैभन्दा गरिब मुलुकमा पर्दछ। अधिकारीले बालबालिका भुईमा बसेर पढ्ने गरेका अधिकांश विद्यालयहरु परालले छाएर बनाइएको बताए। यति भयानक आगलागी यसअघि नभएको उनीहरु बताउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील