
काठमाडौँ । छिमेकी मुलुक भारत हुँदै नेपालमा समेत दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपाल-भारतका सीमा-नाका व्यवस्थित हुन सकेका छैनन्।
स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने ठूलो नाकाको रूपमा रहेको रुपन्देहीको बेलहिया नाका व्यवस्थित हुन नसकेको हो । नाम मात्रैको हेल्थडेस्क राखेर तापक्रम नापेर नेपाल प्रवेश गराउने गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीको समन्वयमा सिद्धार्थनगर नगरपालिकाले दशगजाभित्रै स्वास्थ्यकर्मी खटाएर हेल्थडेस्क सञ्चालन गरिएको छ ।
आवश्यकताअनुसारको स्रोत साधन र जनशक्ति नभएकाले हेल्थडेस्कमा सशस्त्र प्रहरीले समेत सघाउने गरेको छ । हेल्थ डेस्कमा स्रोतसाधन र जनशक्ति अभाव हुँदा भारतका विभिन्न स्थानबाट नेपाल फर्किएकालाई तापक्रम नापेर प्रवेश गर्न दिइएको छ ।
एक साता पहिले भारतको दिल्ली गएर मंगलबार नेपाल फर्किएका भरतपुर नगरपालिका ४ चितवनका गोविन्दप्रसाद अधिकारीले सीमा-नाकामा चेकजाँच र निगरानी बढाउन नसक्ने हो भने नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमणको जोखिम हुने बताए ।
बेलहिया नाका हुँदै अहिले दैनिक ४ सयको हाराहारीमा रोजगारी तथा अन्य पेशा व्यवसायका कारण भारत गएकाहरू स्वदेश फर्किने गरेका छन् ।
किनमेल तथा उपचारको लागि भारतीय बजार सुनौली, नौतनवा तथा गोरखपुरसम्म पुगेर फर्किनेहरूको संख्या दैनिक सयौं हुने गरेको छ ।
किनमेल तथा उपचार गर्न र नेपालमा रोजगारी गर्ने भारतीय मजदुर भने तापक्रम जाँचबिना नै नेपाल प्रवेश गर्ने गर्छन् ।
सिद्धार्थनगर नगरपालिकाबाट हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी अनिलकुमार यादव पनि किनमेलको लागि भारतीय बजार पुगेर फर्किनेको तापक्रम लिने नगरिएको बताउँछन्।
किनमेलको लागि दैनिक सयौं व्यक्ति भारतीय बजार पुग्ने गरेकाले चेकजाँच गर्न सम्भव नभएको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]