
काठमाडौँ । मिनियापोलिसको उत्तरमा पर्ने ब्रुकलिनको एक ‘ट्राफिक स्टप’मा प्रहरीले घातक गोली प्रहार गरेपछि एक काला जातीय युवकको मृत्यु भएको छ।
जसलगत्तै क्रोधित प्रदर्शनकारीहरु चर्को प्रदर्शनी लिएर सडकभर उत्रेका छन्। प्रहरी बलले भिड नियन्त्रण गर्न नसक्दा अस्रुग्यास र ग्रिनेडको प्रयोग गरेको जानकारी बिबिसीमा उल्लेख छ।
मृतक डन्ट राइट नाम गरेका एक २० वर्षिय युवक थिए। हाल ब्रुकलिन केन्द्रका मेयरले जनताहरुलाई ‘सुरक्षित रहनु, घर जानु’ भन्दै ६ बजेसम्मको करफ्यु सहरभर जारी गरेका थिए।
मिनियापोलिसमा पूर्व प्रहरी अधिकारीले ४६ वर्षिय काला जातीय जोर्ज फ्लोयडको गत साल हत्या गरेको आरोपपछि यो घटना फेरी घट्दा तनावग्रस्त वातावरण सिर्जना भएको छ।
मिनसोटाका गभर्नर टिम वाल्जले ‘यस अवस्थालाई नजिकबाट निगरानी गरीरहेको’ र राइटका परिवारको लागी प्राथना गरीरहेको कुरा बताएका छन्।
पछिल्लो समयको अवस्था
आइतबार सयौँ प्रदर्शनीकर्ताहरु डन्ट राइटको नाम पूकार्दै ब्रुकलिनको प्रहरी हेडक्वाटरबाहिर भेला भएका थिए। जुन मध्य मिनियापोलिसको उत्तरतिर केही किलोमिटरको दुरीमा पर्छ।
प्रहरीले दमन बढाएसँगै तनाव पनि बढेको थियो। र, उपस्थित प्रहरीका दुई गाडीहरुमा प्रदर्शनकारीले ढुङ्गा हानेको जानकारी रोयटर्सले दिएको थियो।
प्रदर्शनकारीहरुले सडकका पेटीतीर खरीले कोर्ने र दिप जलाउने कार्यहरु गरेका थिए। तर पछि, प्रहरीले प्रदर्शनकारीहरुको भिडलाई भिड नगर्न आदेश दिएका थिए । कैद फुटेजमा प्रहरीहरुले अस्रु ग्यास र ग्रनेडको प्रयोग गरी भिडमाथि आक्रमण गरेको देखिएको छ।
स्थानिय मिडियाले रिपोर्टमा विभिन्न क्षेत्रहरुमा लुटपाट भइरहेको जानकारी दिएको थियो। र, मेयर माइक एलियटले ट्विटरमार्फत ६ बजेसम्म कफ्र्यू जारी गरेको घोषण गरेका थिए।
जोर्ज फ्लोयडको हत्याका आरोपित डेरेक चभिनको हत्या मुद्दामा तैनात केही मिन्नसोटाका राष्ट्र गार्डहरुलाई ब्रुकलिन पठाइएको छ।
सोमबारको लागि ब्रुकलिनले सबै स्कुलको भवन, कार्यक्रम र गतिवीधिहरु बन्द गरेको जानकारी स्थानीय मिडियाले दिएको थियो।
डन्ट राइटसँग घटेको घटना
ब्रुकलिनको केन्द्रिय प्रहरी विभागले बयानमा अधिकारीहरुले एक युवालाई ट्राफिक नियम उल्लंगन गरेको कारण आइतबार दिउँसो निगरानीमा राखेको बताएको थियो।
अधिकारीहरु उक्त युवकलाई गिरफ्तारीको वारेन्टी दिलाउन प्रयासरत भएको जानकारी छ। सोहि क्रममा प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गर्दा, राइट पुन आफ्नो गाडीभित्र पसेको बताइएको छ।
त्यसपछि, एक अधिकारीले चालकमाथि गोली प्रहार गरेका थिए। गाडी केही भवन परसम्म गुडेर अर्को गाडीलाई ठक्कर दिन पुग्यो। उनलाई त्यही समय मृत घोषित गरिएको थियो।
एक युवती पनि त्यस गाडीमा उपस्थित थिइन्। जसलाई खासै चोटपटक नलागेको जानकारी स्रोतमा उल्लेख छ।
प्रहरीले बताए अनुसार घटनामा संलग्न अधिकारीहरुको शरिरमा क्यामेरा जडित थियो, र ड्यास क्यामराहरु पनि सक्रिय अवस्थामा नै थिए।
राइटकी आमा केटीले उनको छोराले उनलाई ट्राफिकले रोकछेप गरेको समय कारको बिमा विवरणको लागि फोन सम्पर्क गरेको बताइन्। उनले बयानमा त्यसपछि अस्पष्ट आवाज सुनिएको र फोन काटिएको कुरा बताइन्।
‘समय नबित्दै मैले फोन गरेँ र उसकी गलफ्रेन्डले फोन उठाइ, जो कारमा सँगै थिइ, र भनी उसलाई गोली लाग्यो... र मेरो छोरा त्यहाँ निर्जीव लडिरहेको थियो।’
उनले आफ्नो छोराको शव त्यस मैदानमा अधिकारीहरुले बेवारिसे अवस्थामा छाडेको कुरा बताइन्। ‘कसैले हामीलाइ केही भन्ने छैनन्। कोही हामीसँग बोल्ने छैन... म गिडगिडाएँ मेरो छोरालाई मैदानबाट उठाउ’ स्टारट्रिब्युनको रिपोर्टमा जानकारी थियो।
मेयर एलियटले गोलीप्रहारको घटना अति दुःखद रहेको बताए। र, गभर्नर वाल्जले भने,‘ हाम्रो राज्य कानुन कार्यानवयनको कारण एक अर्को काला जातीय व्यक्तिको मृत्युमा शोक मनाउँदै छ।’
मिनियापोलिस किन क्रोधको चरम अवस्थामा पुगेको छ?
शहरमा जोर्ज फ्लोयडको हत्याको आरोपीत व्यक्ति डेरेक चभिनमाथि २ हप्ताबाट हत्या मुद्दा चली रहेको छ। सार्वजनिक भएको भिडियोमा पुर्व प्रहरी चभिनले फ्लोयडलाई पक्राउ गर्नेे क्रममा ९ मिनेटभन्दा बढी समय फ्लोयडको घाँटीमाथि घुँडाले टेकेर शोषण गरेको देखिएको थियो। यो घटना मिनियापोलिसमा गत सालको मे महिनामा भएको थियो।
उक्त घटनाको भिडियोले जातीवाद विरुद्ध विश्वव्यापी रुपमा विशाल प्रदर्शनीहरु उर्लाएको थियो। फ्लोयडको कारण निम्तिएका प्रदर्शनीहरु कतिपय शान्तपूर्ण रुपमा गरिएको थियो भने कतिपय हिंसात्मक रुपमा गरिएको थिए।
जसकारण सयौँ भवनहरुलाई क्षती पुगेको जानकारी छ। काला जातीका नागरिकहरु अहिले पनि अमेरिकी समाजमा अन्याय, शोषण र भेदभावका शिकार भइरहेका छन्।
आफू कालो जाती भएकै कारण समाजको विभिन्न क्षेत्रहरुमा उनीहरु दमन र शोसण भोग्न बाध्य बनिरहँदा यस्ता घटनाहरुले झन् नकारात्मक वातावरण सिर्जना गरेको पाइन्छ। दमनविरुद्ध आवाज उठान गर्न र न्यायको माग गर्न प्रदर्शनी चर्कीरहेको छ, अमेरिका र पूरै विश्वभरि।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न