Dark

प्रदेश १ को हिँउदे बैठक फेरी पनि स्थगित

विराटनगर । प्रदेश १ को हिँउदे बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ । 

बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक वैशाख ५ बस्ने गरी स्थगित भएको हो । 

योसँगै प्रदेशसभा बैठक लगातार तीनपटक  बैठक स्थगित भएको छ ।

प्रदेश १ को जारी सातौं हिउँदे अधिवेशनमा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारु गर्नुपर्ने, बहुवर्षे विकासका योजनाका काम सुचारु गर्नुपर्ने मागसहित प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै